बीजी बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्र ‘मेरो दिल छ पोखरामा’ र चलचित्र ‘लवजोन’लाई पीजी सर्टिफिकेट प्राप्त भएको छ।
शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र लवजोन र मेरो दिल छ पोखरामा दुबै चलचित्रलाई पीजी सर्ट्फििकेट दिइएको हो। लवजोन मुभीमा ओमबहादुर कार्कीको निर्माण तथा सावर अधिकारीको सह निर्माण रहेकाे छ भने मेरो दिल छ पोखरामालाई राम महर्जन, क्रेजा महर्जन र सावर अधिकारीको निर्माण रहेको छ।
चलचित्र लवजोनमा विक्रम कार्कीको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेश पान्डेको नृत्य र बिश्वास भण्डारीको सम्पादन रहेको छ। लवजोन मुभीमा बिक्रम कार्की, प्रेरणा बोहरा, राजु श्रेष्ठ, तृष्णा खड्का , राजन श्रेष्ठ, डिबि लामा, राजन महर्जन, रुबि थापा र बाल कलाकार रचना कार्कीको अभिनय रहेको छ।
मेरो दिल छ पोखरामा रामकृष्ण कँडेलको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य बिश्वास भण्डारीको सम्पादन रहेको छ भने राजु पौड्याल, रन्जु रन्जना, रोशन बिसि, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरे र राजन महर्जनको अभिनय रहेको छ।

प्रतिक्रिया