कला


‘सेल्फी’को मोसन पोस्टर सार्वजनिक, यस्तो छ अक्षय र इमरानको आक्रामक ‘लुक्स’

‘सेल्फी’को मोसन पोस्टर सार्वजनिक, यस्तो छ अक्षय र इमरानको आक्रामक ‘लुक्स’

नेपालखबर
माघ २, २०७९ सोमबार १२:११, काठमाडौँ

गत वर्ष बलिउड अभिनेता अक्षय कुमारका लागि खासै राम्रो भएन। उनका चार फिल्म रिलिज भए, चारवटै फ्लप भए।

सन् २०२३ को सुरुवातबाटै अक्षय आफ्नो शुभ समय फर्काउने दाउमा छन्। उनको प्रतिक्षित फिल्म ‘सेल्फी’को मोसन पोस्टर सार्वजनिक भएको छ। 

फिल्ममा अक्षय र इमरान हाश्मीले सँगै काम गरेका छन्। पोस्टरसँगै फिल्म निर्माण टिमले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ। 

‘सेल्फी’को मोसन पोस्टर सार्वजनिक गर्दै अक्षयले ट्विटरमा लेखेका छन्, ‘फ्यानले स्टार बनाउँछन्। केवल प्रशंसकहरुले तारा तोड्न सक्छन्। जान्नुहोस् के हुन्छ जब एक प्रशंसक आफ्नो मूर्तिको विरुद्ध जान्छ।’

फिल्ममा अक्षय कुमार सुपरस्टारको भूमिकामा छन्। 

मोसन पोस्टरमा उनको ठूलो कटआउट देखिन्छ। 

अक्षय र इमरानसँगै ‘सेल्फी’मा डायना पेन्टी र नुसरत भरुचा पनि देखिने छन्। ‘सेल्फी’ मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो। जुन फिल्ममा पृथ्वीराज सुकुमारनले अभिनय गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad