समाज


पोस्टमार्टमका लागि २ जना चिकित्सक पोखरा जाँदै, पहिचान नभएका शव काठमाडौं पठाइने

पोस्टमार्टमका लागि २ जना चिकित्सक पोखरा जाँदै, पहिचान नभएका शव काठमाडौं पठाइने

दुर्घटनास्थलबाट शव उद्दार गर्दै सुरक्षााकर्मी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २, २०७९ सोमबार १२:२५, पाेखरा

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकहरूको शव पोस्टमार्टमको तयारी हुँदै छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी छ। 

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा जाँदैछन्। 

‘पास्टमार्टमको राष्ट्रिय टिम गठन भएको छ। ५ जना पोखराकै विज्ञहरु हुनुहुन्छ। २ जना काठमाडौंबाट बोलाएका छौं,’ खत्रीले भने, ‘ंउहाँहरु आउनेबित्तिकै हामी प्रक्रिया सुरु गर्छौं।’

पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने पनि उनले बताए। 

विदेशी, चालक दलका सदस्य र पहिचान नभएकाहरुको शव काठमाडौै पठाइने उनले बताए। ‘पहिचान नभएका, चालक दलका सदस्य र विदेशीहरुको शव भने टिचिङ अस्पतालमा लाने प्रक्रियामा छौं। काठमाडौंबाट बाँकी शव ह्यान्डओभर गर्ने छौं।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad