अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठ लामो समयदेखि प्रेममा छन्।
यसै वर्ष यो जोडीले स्क्रिन सेयर गरेको फिल्म ‘राधा’ रिलिज भयो। यो फिल्मको प्रमोसनताका यो जोडीको यसै वर्ष विवाहको तयारी भइरहको खबर सार्वजनिक भएको थियो।
सृष्टि र सौगातले माघमा बिहे गर्ने योजना बनाएको उनीहरुका निकटतमहरुले बताइरहेका थिए। तर अहिले यो कुरा सेलाएको छ। श्रृष्टि र सौगात आआफ्नै रफ्तारमा दौडिरहेका छन्।
फिल्म ‘राधा’ नचलेपछि श्रृष्टिको करिअरमै धक्का लाग्यो। उनको अभिनयको तारिफ भए पनि त्यसयता उनी खाली छिन्। सौगात भने ‘राधा’ नचले पनि निकै व्यस्त भएका छन्।
उनले अभिनय गरेका दुई फिल्म ‘कबड्डी ४’ र २ नम्बरी’ बक्स अफिसमा सफल भए। एकै वर्ष दुई हिट फिल्म दिएका सौगातको हातमा फिल्मको चाङ छ। उनी ‘भस्मे डन’, ‘हात्तीछाप’, ‘भागवत गीता’ लगायतका फिल्ममा अनुबन्ध भइसकेका छन्।
सौगात व्यस्त हुँदै गर्दा श्रृष्टिले भने कुनै नयाँ फिल्ममा साइन गरेकी छैनन्।
Shares

प्रतिक्रिया