ad ad

कला


प्रियंका भन्छिन् : स्वास्थ्य अवस्थाका कारण सरोगेसीबाट बच्चा जन्माएँ

प्रियंका भन्छिन् : स्वास्थ्य अवस्थाका कारण सरोगेसीबाट बच्चा जन्माएँ

नेपालखबर
माघ ७, २०७९ शनिबार १९:२६, काठमाडौँ

सरोगेसीका माध्यमबाट बच्चा जन्माएको भन्दै आलोचना गर्नेहरुलाई अभिनेत्री प्रियंका चोपडाले जवाफ दिएकी छन्। उनले स्वास्थ्यमा आएको जटिलताका कारण सो निर्णय लिएको बताएकी छन्।

‘मलाई स्वास्थ्यसम्बन्धी जटिलता थियो,’ बिहीबार प्रकाशित ब्रिटिस भोग म्यागेजिनको फेब्रुअरी २०२३ अंकमा प्रियंकाले भनेकी छन्।

४० वर्षीय प्रियंका र उनका पति निक जोनास, ३०, ले जनवरी २०२२ मा सरोगेसीका माध्यमबाट पहिलो सन्तान जन्माएका थिए। छोरीको नाम उनीहरुले मालती म्यारी राखेका छन्।

सो म्यागेजिनसँगको अन्तर्वार्तामा प्रियंकाले आमा बन्ने आफ्नो प्रयास र त्यसका चुनौतीबारे वर्णन गरेकी छन्।

‘सरोगेसी आवश्यक कदम थियो। म कृतज्ञ छु किनकि म सरोगेसी गर्न सक्ने ठाउँमा थिए। हाम्री सरोगेट निकै दयालु, मायालु र रमाइली थिइन्। जसले ६ महिनासम्म यी अमूल्य निधिको ख्याल राखिन्,’ उनले भनेकी छन्।

‘तपाईंलाई मबारे थाहा छैन,’ आलोचकहरुलाई उनले भनिन्, ‘म कस्तो अवस्थाबाट गुज्रिएँ भन्ने तपाईंलाई थाहा छैन। मैले आफ्नो र आफ्नो छोरीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न नचाहँदैमा तपाईंहरुलाई नानाथरी कुरा गर्ने अधिकार हुँदैन।’

आफू परिवारलाई लिएर रक्षात्मक रहेको उनको भनाइ थियो।

समय नभई जन्मेकाले उनकी छोरीलाई सय दिनसम्म एनआईसीयूमा राखिएको थियो। 

‘हामीले हरेक दिन उसलाई मेरो वा मेरो पतिको छातीमा राखेर बितायौँ,’ ती दिन सम्झिँदै प्रियंकाले भनिन्, ‘ऊ बाँच्छे या बाँच्दिनँ मलाई थाहा थिएन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .