गायक आशिष ताम्राकारको निधन भएको छ। कलेजो, मिर्गौलालगायतका समस्याबाट पीडित गायक ताम्राकारको त्रिवि शिक्षण (टिचिङ) अस्पताल (महाराजगन्ज) मा उपचारका क्रममा शुक्रबार बिहान ७:२५ बजे निधन भएको हो।
दुई/तीन हप्तादेखि बिरामी ताम्राकारलाई केही समय अल्का अस्पतालमा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो। २०३५ जेठ ७ गते जन्मिएका गायक ताम्राकारका आखिर, प्रेमपत्रलगायत एल्बम सार्वजनिक भएका छन्। उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवारसहित बस्थे। उनका श्रीमती र दुई छोरी छन्। ताम्राकारको दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने तयारी भएको छिमेकी राजेन्द्र लयालुले बताए।
Shares

प्रतिक्रिया