अन्तर्राष्ट्रिय नारी दिवसका दिन बुधबार गायिका समीक्षा अधिकारीले आफ्नो पीडा र आक्रोश पोखेकी छन्।
नारी दिवसका अवसरमा देशभर कार्यक्रम गरिएको दिन गायिका अधिकारीले बोलीमा महिलावादी तर व्यवहारमा महिलाविरोधी व्यक्तिहरूलाई आफूले देखेको/भोगेको उल्लेख गरेकी हुन्।
यस क्रममा उनले साँच्चिकै नारीलाई सम्मान गर्ने हो भने आत्मादेखि नै गर्न र व्यवहारमा देखाउन आग्रह पनि गरेकी छन्।
‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरू पनि देखेँ, बाहिर कठै विचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखेँ, समानता र समावेशीको काम्लो ओढेर आफैँले आफैँलाई नारीवाद कहलिएकाहरूलाई पनि देखेँ, नारीको इज्जत, सम्मान गर्न नजान्नेहरूले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुनेँ, देखेँ’, अधिकारीले फेसबुकमा लेखेकी छन्, ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नकि फेसबुके स्टाटस र तिम्रो भाषणमा।’
यति लेखेर उनले सम्पूर्ण नारीलाई ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएकी छन्।
Shares
प्रतिक्रिया