कला


अस्ट्रेलिया उडिन् समीक्षा, गायन क्षेत्रबाट पलायन?

अस्ट्रेलिया उडिन् समीक्षा, गायन क्षेत्रबाट पलायन?

फाइल तस्बिर : गायिका समीक्षा अधिकारी


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:३३, काठमाडौँ

गायिका समीक्षा अधिकारी अस्ट्रेलिया उडेकी छन्। टिकटकमा भेटिएका उनका भिडिओ र अस्ट्रेलियामा पुगेपछि उनका आफन्तले गरेको स्वागतले उनी लामो समयका लागि अस्ट्रेलिया गएको अनुमान गरिएको छ। सानो उमेर लोकप्रियताको उडान भरेकी समीक्षा केही समययता तनावको जिन्दगी बाँचिरहेकी छन्। 

समीक्षाले अस्ट्रेलिया उड्नुअघि दिदी शर्मिला अधिकारीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाहिर देखिएकी छन्। उनलाई दिदीले बिदाइ गर्दै गरेको भिडिओ टिकटकमा भेटिन्छन्।

@khattrisubash #sali ♬ original sound - AsHok PaUdel OfFiCiaL

उनको नामको अकाउन्टबाट भने उक्त भिडिओ सार्वजनिक भएको छैन। 

धेरैले गायन क्षेत्रबाट पलायन भएर समीक्षा अस्ट्रेलिया गएको लख काटेका छन्। तर समीक्षाले यस विषयमा केही बोलेकी छैनन्। चलचित्र ‘नाइँ नभन्नु ल ५’को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनको व्यावसायिक गायन यात्रा सुरु भएको थियो। त्यसपछि उनले सयौँ चर्चित गीत गाइन् भने हजारभन्दा माथि गीतमा उनले स्वर दिएकी छन्। लोक, लोकदोहोरी तथा आधुनिक गीतमा जादुमय स्वर दिन सक्षम समीक्षालाई नेपाली गीत-संगीतको क्षेत्रमा भावी सुपरस्टारका रुपमा हेरिने गरिन्थ्यो।

समीक्षा गायिका मात्रै नभएर मोडल पनि हुन्। उनले थुप्रै गीतमा अभिनय गरेकी छन्। गायन यात्रा उत्कर्षमा पुगेका बेला व्यक्तिगत समस्या झेल्नु परेपछि उनी गायनमा कमै मात्रामा देखिएकी थिइन्। 

उनको अस्ट्रेलिया गएको भिडिओमा टिप्पणी गर्दै धेरैले सुन्दर भविष्यको कामना गरेका छन्। केहीले भने नकारात्मक टिप्पणीसमेत गरेका छन्। पछिल्लो समय समीक्षाले सामाजिक सञ्जालमा यस्तै नकारात्मक टिप्पणी धेरै सहनुपरेको छ। व्यक्तिगत जीवनको उल्झन, सामाजिक सञ्जालमा आउने अनेक प्रकारका टिप्पणीले समीक्षालाई पलायन हुन बाध्य बनाएको जानकारहरुले बताउन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .