ad ad

कला


जब अनुभव र योगिशाको जोडी पशुपतिमा देखियो...

जब अनुभव र योगिशाको जोडी पशुपतिमा देखियो...

नेपालखबर
चैत ८, २०७९ बुधबार १३:४, काठमाडौँ

नेपाली फिल्म ‘नाइँ नभन्नु ल’बाट स्थापित कलाकार हुन्- अनुभव रेग्मी। बलकलाकारका रुपमा अभिनय यात्रा सुरु गरेका अनुभव जवान् भए। उनले ‘नाइँ नभन्नु ल’का सिरिजमा काम गर्ने/नगर्ने विषयमा विभिन्न चर्चा भइरहे। यहीबीच फिल्मको छैटौँ सिरिज निर्माण भएको छ।

‘नाइँ नभन्नु ल ६’का कलाकारको नाम सार्वजनिक गर्दा चलचित्र निर्माताले अनुभवको नाम सार्वजनिक गरेका थिएनन्। धेरैले यो सिरिजमा अनुभव नरहेको अनुमान गरेका थिए। फिल्मको टिजर र गीत सार्वजनिक हुँदासम्म अनुभव फिल्ममा रहेको कुरा खुलाइएको थिएन।

आगामी नयाँ वर्षबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनुभव रहेको रहस्य भर्खरै खुलेको छ। फिल्मका केही भाग अहिले पशुपतिमा छायांकन भइरहेको छ। छायांकन स्थलबाट अनुभव र योगिशा खत्रीको तस्बिर सार्वजनिक भएको छ। 

सार्वजनिक तस्बिरले योगिशा र अनुभव जोडी कलाकारका रुपमा देखिने प्रस्ट पार्छ। पाँचौँ श्रृंखलासम्म दर्शकले रुचाएको ब्रान्ड हो- ‘नाइँ नभन्नु ल’। विकासराज आचार्यले निर्देशन गरेको यो फिल्मको दोस्रो श्रृंखलाबाट जोडिएका अनुभवले छैटौँ श्रृंखलासम्म निरन्तरता पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .