ad ad

कला


सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक (ट्रेलरसहित)

सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक (ट्रेलरसहित)

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १८:६, काठमाडौँ

अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ। फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन्।

‘यो मेरो पहिलो प्रयास हो। पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भनिन्। 

बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। फिल्ममा पत्रकारको भूमिकामा देखिएकी बेनिशाले कामको राम्रै तारिफ पाएकी छन्।

फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ फिल्ममा अभिनय गरिसकेकी छन्। १२ फिल्मको अभिनय पछि उनले निर्देशनमा ‘डेब्यू’ गरेकी हुन्। यो सर्ट फिल्ममा बेनिशाकै लेखन रहेको छ।

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ।
 
केदार भुषाल कार्यकारी निर्माता रहेको फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नविन अवालको कला निर्देशन छ।

यो सर्ट फिल्म सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड र विभिन्न स्मार्ट टिभिमा विश्वभर बाट हेर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .