ad ad

कला


पासाङ ल्हामु शेर्पाको साहस र दुःखको कथा अब पर्दामा (भिडिओ)

पासाङ ल्हामु शेर्पाको साहस र दुःखको कथा अब पर्दामा (भिडिओ)

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १४:२७, काठमाडौँ

‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ फिल्म वैशाख १० गतेदेखि हलमा प्रर्दशन हुने भएको छ। बुधबार फिल्मको प्रिमियर शो गर्दै देशभरका क्यूएफएक्स हलहरुमा फिल्म प्रर्दशन हुने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको हो। 

राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको यथार्थ समेटेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशकभन्दा बढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउन्डेसनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिए। ७२ मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा हुन्। 

२०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज यो फिल्म ३०औँ पासाङ ल्हामु दिवसको अवसर पारेर देशभर प्रर्दशन गर्न लागिएको फाउन्डेसनले जनाएको छ। 

फाउन्डेसनले बुधबार सिभिल मलको हलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत उच्च व्यक्तित्वहरुको उपस्थितिमा नेपालमा पहिलोपटक फिल्मको प्रिमियर गरेको हो। फिल्मले पासाङ ल्हामु शेर्पाको दु:खद र प्रेरणादायी यात्राको वर्णन गर्छ। नेपाली समाजमा दुर्गमकी एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेका संघर्ष, झेलेका अवरोध र समाजदेखि परिवारसम्मबाट पाएका सहयोगलगायत विषय समेटिएको फिल्मले समाज रुपान्तरणको सन्देश दिएको छ। 

पटकपटक सगरमाथा आरोहणको दृढ प्रयास गर्नु र बाधा/अवरोधलाई जितेर सफलता हासिल गर्नु नै फिल्मको मुख्य सन्देश हो। यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिबलमा प्रदर्शन भइसकेको छ। फिल्मले टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिबल र अन्य प्रतिष्ठित फेस्टिबलसहित १४ वटा पुरस्कारसमेत जितिसकेको छ।

विद्यार्थी, अभिभावक तथा वृद्धवृद्धासम्म जनचेतना पुग्ने लक्ष्यले फिल्म प्रर्दशन क्यूएफएक्समा मात्र नभएर लुक्ला, नाम्चेलगायत सातै प्रदेशका प्रमुख सहरमा प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ। 

भिडिओ-

PASANG: In the Shadow of Everest Official Trailer from the Follow Your Dream Foundation on Vimeo.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .