कला


आदिपुरुषमाथि दीपिकाको आक्रोश - यस्तो देखाउनुभन्दा गाईवस्तु देखाउनू

आदिपुरुषमाथि दीपिकाको आक्रोश - यस्तो देखाउनुभन्दा गाईवस्तु देखाउनू

नेपालखबर
असार ५, २०८० मंगलबार १२:२५, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा फसेको छ।

भारत र नेपालमा फिल्मको चर्को विरोध भइरहेको छ। नेपालमा रिलिज बन्द गरिएको यो फिल्ममाथि भारतमा पनि प्रतिबन्ध लगाउन माग दर्शकले गरिरहेका छन्।

यसैबीच रामानन्द सागरको ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलिया पनि 'आदिपुरुष'को विरोध गरेकी छन्।

उनले ३६ वर्षअघि सीता चरित्र निभाउँदा पहिरिएको सारी लगाएर भिडि‌ओमार्फत् फिल्ममाथि टिप्पणी गरेकी छन्। 

फिल्मप्रति आक्रोश व्यक्त गर्दै रामायाणमा फिल्म बनाउन नहुने प्रतिकृया दिएकी छिन्। 

भिडियो सेयर गर्दै उनले भनेकी छिन्, ‘यदि तपाईंसँग कन्टेन्टको कमी छ भने त्यसमा किन फिल्म बनाउनुहुन्छ? आदिपुरुष जस्तो फिल्म बच्चाले हेरे भने साँचो रामायण तोडमोड हुने उनले बताइन्। उनले भनेकी छिन्, ‘यो गल्ती गर्दै हुनुहुन्छ, रामायण विरासत हो, जसलाई हानी गरिरहनुभएको छ। ८–१० वर्षको बच्चाले यो देख्यो भने उसलाई लाग्छ रामायण यही नै हो। त्यसो भए त्यस्ता कुराहरू पटक्कै नगर्नुहोस्, सबै कुरा छुट्याउन चाहन्छु, यो मामिलामा, अरु केही तयार हुन्छ, देखाउन चाहनुहुन्छ भने रामायण होइन, गाईवस्तु देखाउनुहोस्।’

दीपिकाले रामायणमा फिल्म र सिरियल बनाउनुभन्दा विद्यालयमा विषयको रूपमा पढाउनु पर्ने बताएकी छिन्। 

भिडियो सेयर गर्दै उनले लेखेकी छिन्, ‘यो पोस्ट जनताको मागमा गरिएको हो। त्यो पात्रको लागि मैले पाएको मायाको लागि म सधैं आभारी रहनेछु। म सीताजीको रूपमा धेरै माग्न सक्दिनँ।’

फिल्म रिलिजअघि कृति सेननको तुलना अभिनेत्री दीपिका चिखलियासँग भएको थियो। तर रिलिजपछि फिल्म र फिल्मका पात्रको आलोचना भइरहेको छ।

दीपिकाको यो भिडिओमुनि फ्यानहरूले समर्थन गरेका छन्। दीपिकाजस्तो माता सीताको चरित्र कसैले खेल्न नसक्ने र रामानन्द सागरको रामायणजस्तो रामायणको पुननिर्माण हुन नसक्ने प्रतिक्रिया उनीहरूले दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad