मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने फिल्म ‘हामी तीन भाइ’को छायांकन सुरु भएको छ।
गत असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरिएको फिल्म शुक्रबार मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको हो।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हवलदार), यादव देवकोटा (सरापे), भुवनकुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अञ्जु हमाल, विकास चापागाईं, सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ।
निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सहनिर्मातामा छन्। विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ छन्।
प्रसिद्धि सिने आट्सको ब्यानरमा निर्माण हुने फिल्ममा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पार्श्वसंगीत, मिक्सिङ मुकेश शाह, भीएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहनेछ। फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन्।
Shares

प्रतिक्रिया