समाज


उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

नेपालखबर
साउन २१, २०८० आइतबार १३:५९, काठमाडौँ

उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

शनिबार बेलुका साढे ९ बजे प्रदेश १–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा– ६ जलजले का २५ वर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

घाइते भएका चालक त्रियुगा– ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad