कला


चर्चित हिपहप गायक निर्णय एनएसके अष्ट्रेलियामा गुन्जिने

चर्चित हिपहप गायक निर्णय एनएसके अष्ट्रेलियामा गुन्जिने

नेपालखबर
साउन २३, २०८० मंगलबार १३:४२, काठमाडौँ

नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एस के’ अष्ट्रेलियामा गुन्जिने भएका छन्। 

‘सोलफुल रिदम्सः निर्णय ‘एनएसके लाइभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो।

साथै यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम ‘सफलता एचआईभी शिक्षा सदन’ लाई सहयोग गरिने आयोजकले जनाएका छन्। सफलता एचआईभी  शिक्षा सदन एचआईभी संक्रमित बच्चाहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो। 

३१ अगस्ट २०२३ मा हुन लागेको उक्त कार्यक्रममा निर्णय सँगै अष्ट्रेलिया मै बसोबास गर्दै आएका प्रतिभाशाली गायक रणक नव बस्नेतले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा चर्चित प्रस्तोता विवेक खतिवडा रहेका छन्।  

अक्स्फोर्ड स्ट्रिट, प्याडिङ्ग्टनमा रहेको प्याड्डो आरएसएल क्लबमा आयोजना हुने कार्यक्रममा सङ्गीत प्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ। कार्यक्रमलाई ह्याप्पी सोल बिस्ट्रो र ग्रिष्मा ब्रोड्कास्टिङ्गले संयुक्त रूपमा आयोजना गरेको हो।

कार्यक्रममा सहभागीहरूलाई सहज र रमाइलो अनुभव प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध र सोही अनुसारको तयारी रहेको ग्रिष्मा ब्रोड्कास्टिङ्गका सीईओ पवनराज जोशी बताउँछन्। जोशीले सप्तरङ्ग सिजन एक,  दुई र तीन, स्टार क्रिकेट, र हिमालय फेसन एडभेन्चर लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्टहरू सफल रूपमा आयोजना गरेका छन्।

यता ह्याप्पी सोल बिस्ट्रोका निर्देशक राजु आचार्य पनि कार्यक्रम र ग्रिष्मा ब्रोड्कास्टिङ्गसँगको यो साझेदारीलाई लिएर निकै उत्साहित रहेको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad