नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको चौथो साधना म्युजिक रिवार्ड–२०८० को उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ। राजधानी काठमाडौंमा आयोजित एक समारोहकोबीच उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा आयोजित समारोहमा नेपाली गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी थिए। सामना म्युजिक क्रियशन प्रालिको आयोजना हुँदै आएको यो समारोहमा सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापति रहेकी थिइन्।
समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहेका थिए भने वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय विशिष्ठ अतिथिका रुपमा रहेका थिए।
कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल लगायतका व्यक्तित्व अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा अतिथिहरुले उत्कृष्ट मनोनयनमा पर्न सफल श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।
साधना म्यूजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रुपमा रहेको थियो भने तेस्रो देखि भने रिवार्ड भएको हो।
यस पटकको रिवार्डमा लोकदोहोरी तर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा रहेका छन् भने कार्यक्रममा सम्मान तथा दिर्घ साधना सम्मान रहने समेत बताइएको छ।
कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पारेका थिए। प्रमुख अतिथि नारायण रायमाझीले शुभकामना मन्तव्य राखेका थिए। अवार्डकी अध्यक्ष सामना शाहले अब फाइनल कार्यक्रम असोजको पहिलो हप्ता गरिने बताइन्।
Shares

प्रतिक्रिया