नेपाली फिल्म ‘एक भगवत गीता’ यही भदौ २९ गतेबाट रिलिजको तयारीमा छ।
फिल्म निर्माण टिमले छायाँकन अघिबाटै विभिन्न हिसाबले फिल्मको पोस्टर सार्वजनिक गरिरहेको छ। यसै क्रममा फिल्मका ३ फरक पोस्टर सार्वजनिक भएका छन्।
फिल्मका सार्वजनिक ३ फरक पोष्टरमा मुख्य कलाकारलाई समावेश गरिएको छ। एक पोष्टरमा नायक विपिन कार्कीको भिन्न लुक्स देख्न सकिन्छ।
यस्तै, अर्को पोष्टरमा नायिका सुहाना थापा र नायक धिरज मगर रोमान्टिक देखिएका छन् भने तेस्रो पोष्टरमा सुहाना थापा र बाल कलाकारलाई प्रस्तुत गरिएको छ।
सार्वजनिक पोस्टरले फिल्मको कथा सार भन्न खोजेका छन्। फिल्म भित्र रोमानन्स, लभ, मित्रता र क्रोधको कथा समावेश रहेको पोस्टरले झलक दिन्छन्।
झरना थापाको निर्देशन निर्माण भएको फिल्मका निर्माता सुनिल कुमार थापा हुन्।



प्रतिक्रिया