कला


बिहे गरिन् अभिनेत्री निरुता सिंहले

बिहे गरिन् अभिनेत्री निरुता सिंहले

निरुता सिंहले बिहे गरेको तस्बिर : उनकै सामाजिक सञ्जालबाट।


नेपालखबर
भदौ १६, २०८० शनिबार १९:१०, काठमाडौँ

अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन्। 

आफूले बिहे गरेको कुरा अभिनेत्री सिंह आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। 

उनले गत बिहीबार (अगस्ट ३१ तारिख) मा मुम्बई निवासी सञ्जीभ गुलाटीसँग बिहे गरेकी हुन्।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो– निरुताजी बिहे कहिले गर्ने भन्ने प्रश्न’, निरुताले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूको निरुता सिंहले गत बिहीबार 31st August 2023 को दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोड़ेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad