कला


मुकुन र लक्ष्मीको ‘विच्छेद’ कथा टिजरमा

मुकुन र लक्ष्मीको ‘विच्छेद’ कथा टिजरमा

नेपालखबर
कात्तिक १, २०८० बुधबार १२:७, काठमाडौँ

मुकुन भुसाल र लक्ष्मी बर्देवा अभिनीत नेपाली चलचित्र ‘विच्छेद’को टिजर र पोस्टर सार्वजनिक भएको छ। 

मङ्सिर ८ मा सार्वजनिक हुने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ।

यसअघि मुकुन र लक्ष्मीले फिल्म ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए। अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन्। 

नेपाल रिलिजसँगै अन्य मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको निर्देशक सत्यराज चौलागाईंले बताए। चलचित्र निर्माताहरू राजकुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री वज्राचार्य हुन्।

अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन्। गाउँले परिवेशमा आधारित चलचित्रको छायांकन रामेछापको एक गाउँमा गरिएको छ। 

मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटालगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका गीतमा एसडी योगी, सुरज थापा र आशिष महरको संगीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना छ भने एसडी योगी, सुनिता थेगिम, हृतिका श्रेष्ठ, सुरज थापा र आशिष महरको स्वर रहेको छ। सुरेन बसेल कोरियोग्राफर हुन्। 

फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad