कला


चलचित्र ‘बिच्छेद’को ‘गाजले’ मा मुकुन भुसाल र लक्ष्मी बर्देवा (भिडिओ)

चलचित्र ‘बिच्छेद’को ‘गाजले’ मा मुकुन भुसाल र लक्ष्मी बर्देवा (भिडिओ)

नेपालखबर
कात्तिक ५, २०८० आइतबार १६:१९, काठमाडौँ

मङ्सिर ८ मा रिलिज हुने चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ। ‘गाजले’ शीर्षकको गीतमा राम अविरल विष्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ। चलचित्रका प्रमुख कलाकारहरू मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड गीतमा प्रेम भाव प्रकट गरिएको छ। यसका कोरियोग्राफर सुरेन बसेल हुन्।

अभिनयमा उम्दा कलाकारहरू भुसाल र बर्देवाले यसअघि चर्चित चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए। यस चलचित्रबाट लामो समय एकसाथ नदेखिएको यो जोडीले पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ।

निर्देशक सत्यराज चौलागाईँका अनुसार ‘बिच्छेद’ नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको छ। अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन्। गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ।

मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ। सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। समीर मियाको भीएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ।

चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, ऋतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ।

चलचित्रका निर्माताहरू राजकुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन्। सहनिर्माता प्रबिन राजथला हुन्। नवीन पुरीले प्रोडक्शन डिजाइन गरेको यस चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad