थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ।
मंसिर १५ गतेदेखि मञ्चन हुने नाटकले अस्तित्व बिर्सिएर हराएका मानिसको कथा समेटेको छ।
भीडको बीचमा पनि मान्छे किन हराइरहेको छ? गुमनाम हुनु मात्रै हराउनु हो? मान्छे हराउनु मात्रै हराउनु हो? आफैँसँग हराएको एउटा मान्छेले कसरी आफूलाई चिन्छ? यस्तै पश्नका जवाफ नाटकले दिने कोसिस गरेको छ।
अमित गिरीले लेखेको यो नाटक मंसिर २३ गतेसम्म चल्नेछ।
सोमबारबाहेक हरेक दिन अपराह्न ५ बजे सुरु हुने नाटकको शनिबार अतिरिक्त शोसमेत हुनेछ।
नाटक गिरीसहित सन्तोष विष्टले निर्देशन गरेका हुन्।
21
Shares

प्रतिक्रिया