सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ ले नेपाली हलमा उत्साहजनक सो पाएको छ। आजदेखि प्रदर्शनमा आएको यस नेपालका मल्टिप्लेक्स हलहरूले उच्च सो दिएका हुन्।
नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा राम्रो सो पाएको छ। त्यसैगरी बिग मुभिजले १३, वान सिनेमाजले २२ र एफ क्युब सिनेमाजले १३ सो उपलब्ध गराएका छन्। साथै बक्सअफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको हो।
‘टाइगर ३’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, ऋतिक रोशन, शाहरुख खान लगायतको अभिनय रहेको छ। मनीष शर्मा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज भएको थियो।
यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा देखिएका थिए।
96
Shares

प्रतिक्रिया