कला


‘टाइगर ३’मा सँगै काम गरेपछि कट्रिनाले बताइन्- सलमान र शाहरुखको काम गर्ने फरक तरिका

‘टाइगर ३’मा सँगै काम गरेपछि कट्रिनाले बताइन्- सलमान र शाहरुखको काम गर्ने फरक तरिका

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार १४:३५, काठमाडौँ

अभिनेत्री कट्रिना कैफ हाल फिल्म ‘टाइगर ३’ मा देखिएकी छन्। विश्वभर यो फिल्म भारतीय रुपैयाँ ४०० करोड क्लबमा सामेल हुने दिशामा अघि बढिरहेको छ। रिपोर्टका अनुसार यो फिल्मले अहिलेसम्म विश्वभर ३७३ करोडको व्यापार गरिसकेको छ। 

यस फिल्ममा सलमान खान मुख्य भूमिकामा छन्। शाहरुख खान पनि विशेष भूमिकामा देखिएका छन्। हालै कट्रिनाले सलमान र शाहरुख खानको काम गर्ने शैलीको बारेमा कुरा गरेकी छन्। 

कट्रिना कैफले सलमान खानको तारिफ गर्दै उनी एकदमै सहज व्यक्ति भएको बताएकी छन्। यो नै उनको सबैभन्दा ठूलो गुण भएको उनको भनाइ छ। उनी भन्छिन्– उनी (सलमान) कुनै पनि कुरामा एकोहोरो तरिकाले बस्दैनन् र त्यसको बोझ पनि लिँदैनन्। उनी एकदमै सहज छन्। पर्दामा पनि उनी आफ्नै शैलीमा देखिन्छन्।

शाहरुख खान बारे कट्रिना भन्छिन्, ‘उनको फोकस र समर्पण हेर्न लायक छ। उनी हरेक दिन नयाँ कलाकारजस्तै समर्पणका साथ सेटमा आउँछन्। यही शैलीमा हरेक सिन र सट दिन्छन्। मलाई याद छ, ‘जिरो’को समयमा उनी अन स्क्रिन नभएका बेला पनि मलाई सल्लाह दिन्थे।’

फिल्म ‘टाइगर ३’ मा कट्रिना फेरि एकपटक जोयाको भूमिकामा देखिएकी छन्। उनको अभिनय र एक्सनको निकै प्रशंसा भइरहेको छ। कट्रिनाले आफ्नो क्यारेक्टरका लागि निकै मिहिनेत गरेकी छन्। कट्रिनाले भनिन्, ‘जब जब ‘टाइगर’ को कुरा आउँछ, म आफै शारीरिक रूपमा त्यो जोनमा आउँछु।’

फिल्म ‘टाइगर ३’ को बारेमा कुरा गर्दा यो यशराज फिल्म्सको स्पाई ब्रह्माण्डको पाँचौँ र टाइगर फ्रेन्चाइजको तेस्रो फिल्म हो । यस फिल्ममा सलमान खान र कट्रिना कैफका अलावा इमरान हाशमी पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्मले घरेलु बक्स अफिसमा हालसम्म २३६.४३ करोड भारतीय रुपैयाँ कमाएको छ। अब कट्रिनाको आगामी फिल्म ‘मेरी क्रिसमस’ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .