मुम्बईस्थित नीता मुकेश अम्बानीको कल्चरल सेन्टरमा मंगलबार फिल्म ‘द आर्चिज’ को प्रिमियर गरिएको छ। प्रिमियर समारोहमा स्टारकास्टसहित परिवार पुगेका थिए।
जोया अख्तर निर्देशित यस फिल्मबाट सुहाना खान, खुशी कपुर, अगस्त्य नन्द, वेदांग रैना, मिहिर आहुजा र अदिती डटले डेब्यु गर्दैछन्।
प्रिमियरमा बोनी कपुर र श्रीदेवीकी छोरी खुसीले सबैको ध्यान खिचिन्। किनकी खुसीले आफ्नी दिवंगत आमा श्रीदेवीको गाउन लगाएर प्रिमियर समारोहमा पुगेकी थिइन्।
आमाको हार र झुम्का समेत लगाएकी खुसी सुन्दर देखिएकी थिइन्।
खुसीले लगाएको चम्किलो स्ट्रयापलेस गाउन श्रीदेवीले सन् २०१३ को आइफा अवार्डमा लगाएकी थिइन्। त्यस्तै, गहनाहरु श्रीदेवीले सन् २०११ को आइफा अवार्डमै लगाएर पुगेकी थिइन्। जहाँ बहिनीलाई सपोर्ट गर्न जान्वही कपुर समेत पुगिन्।
श्रीदेवीको लुगा र गहना लगाएका तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। आमालाई सुन्दर ट्रिब्युट दिएको भन्दै खुसीको प्रशंसा भइरहेको छ।
त्यस्तै, प्रिमियरमा सुहानालाई सपोर्ट गर्न शाहरुख खान, गौरी खान, आर्यन र अब्राम पनि पुगेका थिए। अगस्त्यको लागि अमिताभ बच्चन, जया बच्चन,अभिषेक बच्चन, ऐश्वर्या राय बच्चनलगायत परिवार पनि प्रिमियमा पुगेका थिए।
यो फिल्म भोलिबाट ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुँदैछ। यो फिल्म अमेरिकी कमिक बुक सिरिज ‘द आर्चिज’ मा आधारित छ।
Shares

प्रतिक्रिया