कला


पत्नी कुटेको आरोपमा युट्युबर विवेक बिन्द्राविरुद्ध मुद्दा

पत्नी कुटेको आरोपमा युट्युबर विवेक बिन्द्राविरुद्ध मुद्दा

फाइल तस्बिर : युट्युबर विवेक बिन्द्रा


नेपालखबर
पुस ७, २०८० शनिबार १३:३०, काठमाडौँ

भारतका चर्चित युट्युबर र मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध आफ्नी श्रीमतीलाई कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ।

नोएडाका डीसीपी हरिश चन्द्रले उनीविरुद्ध एफआईआर दर्ता गरिएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।

तर उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन।

घटनासँग सम्बन्धित धेरै भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।

नोएडा प्रहरीले सार्वजनिक भिडियोबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।

विवेक बिन्द्राले हालै बिहे गरेका थिए।

श्रीमतीका भाइले दिएको उजुरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

डीसीपी हरिश चन्द्रले भने, ‘पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म रेकर्ड गरिएको छैन। एफआईआर दर्ता भएको धाराअन्तर्गत आवश्यक परे पक्राउ पनि गरिनेछ।’

विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए। श्रीमतीलाई कुटपिट डिसेम्बर ७ मा भएको बताइएको छ। श्रीमतीसँगको झगडा गरिरहे्को भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad