अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को पहिलो चरणको छायांकन सकिएको छ। २७ दिनमा पोखराको सुटिङ प्याकअप गरेको निर्माता रोहित अधिकारीले जानकारी दिए।
फिल्मको ५० दिनको सुटिङ सेड्युल रहेको छ। जसमध्ये २७ दिन पोखरामा सुटिङ गरिए पनि अब बाँकी छायाङ्कन भने काठमाडौंसहित इन्डोनेसियाको बालीमा समेत गरिने छ।
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोलसहित जसिता गुरुङ, नवकलाकारद्वय समृद्धि अर्याल र रवि काफ्लेको अभिनय छ। यस फिल्ममा अनमोल र जसिता पहिलोपटक स्क्रिन सेयर गरेका छन्।
यस फिल्ममा रोहितका साथै ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालको लगानी रहेको छ। नरेन्द्र मैनालीको छायाङ्कन रहेको यो फिल्म अर्को वर्ष जेठ ११ गते रिलिज हुँदैछ।
75
Shares

प्रतिक्रिया