कला


दयाहाङ र दीया अभिनित ‘दयारानी’ को टिजरमा निःसन्तान दम्पतीको कथा

दयाहाङ र दीया अभिनित ‘दयारानी’ को टिजरमा निःसन्तान दम्पतीको कथा

नेपालखबर
माघ ४, २०८० बिहिबार १५:३५, काठमाडौँ

माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुनलाई श्रीमान श्रीमतीको भूमिकामा देख्न सकिन्छ।

१ मिनेट ४६ सेकेण्ड लामो टिजरमा निःसन्तान दम्पतीको कथालाई प्रस्तुत गरिएको छ। सन्तान नभएकाले दीया दयालाई दोश्रो विवाह गर्न भन्छिन्। तर, दयाले श्रीमतीको प्रस्ताव अस्वीकार गर्छन्।

दीयाले अर्को बिहे नगरे झुण्डिएर मर्ने भनेपछि दया तयार भएका छन्। त्यसपछि उनी सालीसँग ठट्टा गरिरहेको देख्न सकिन्छ।

गम्भीर विषयसँगै हास्यरस पनि फिल्मले समेटेको टिजरबाट थाहा हुन्छ। ‘मिस्टर झोले’ पछि एकसाथ देखिएका दयाहाङ र दीयाको केमेस्ट्री पनि सुहाएको छ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानर रहेको यो फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ। कलाकार माओत्सेले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्।

यस फिल्ममा दयाहाङ र दीयासहित विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतको अभिनय छ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। यस फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .