कृषा चौलागाईको निर्देशनमा फिल्म ‘पिताम्बर’ बन्ने भएको छ। फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात यो दोस्रो निर्देशकिय फिल्म हो।
फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त,सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव प्रमोद अग्रहरी, कामेश्वर चौरासियाको अभिनय रहनेछ। कलाकारको बलियो लाइनअपले फिल्म केही फरक र स्पेशल बन्ने देखिन्छ।
केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। विशाल चौलागाई निर्माता रहेको फिल्मको माघ अन्तिमबाट छायांकन सुरु हुनेछ।
फिल्मको तीन चरणमा छायांकन हुनेछ। हुस्सुको सिन खिच्नुपर्ने भएकाले माघमा सिनेमाको पहिलो चरणको छायांकन गर्ने तयारीमा कृषा छिन् । त्यसपछि बैशाख र असार(साउनमा बाँकी छायांकन हुनेछ। एक्सन भूमिकामा देखिने प्रदीप फिल्मको दोस्रो चरणको छायांकनमा जोडिनेछन्।
प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन्। ५ करोड बजेट अनुमान गरिएको फिल्मको तराईका विभिन्न ठाउँहरुमा छायांकन हुनेछ।

प्रतिक्रिया