कला


मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो

मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार ११:५०, काठमाडौँ

भारतीय अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा सुधार आएको छ।

शनिबार अस्पताल भर्ना गरिएका चक्रवर्तीको स्वास्थ्यमा सुधार आएसँगै उनलाई आईसीयूबाट निकालिएको हो।

शनिबार बिहान एक्कासि छाती दुखेपछि मिथुनलाई शनिबार कोलकाताको अपोलो अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गरिएको थियो।

त्यसपछि साँझ डाक्टरहरूले उनको स्वास्थ्य अपडेट दिँदै उनलाई मस्तिष्कको इस्केमिक सेरेब्रोभास्कुलर एक्सिडेन्ट (स्ट्रोक) भएको बताए।

शनिबार राति मिथुनलाई भेट्न अस्पताल पुगेकी अभिनेत्री देवश्री रोयले उनको स्वास्थ्यमा सुधार आएको बताउँदै आईसीयूबाट बाहिर निकालेको जानकारी दिइन्। 

शनिबार अस्पतालले विज्ञप्ति जारी गर्दै अभिनेताको स्वास्थ्य अपडेट दिएको थियो।

राष्ट्रिय पुरस्कार विजेता ७३ वर्षीय मिथुनको मस्तिष्कको तल्लो भागको एमआरआईसहित आवश्यक परीक्षण गरिएको थियो।

जाँचअनुसार उनलाई मस्तिष्कको इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको पत्ता लागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले मिथुन पूर्ण रुपमा होसमा छन्। नरम आहार पनि लिइरहेका छन्।

मिथुन चक्रवर्तीलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रो एन्टेरोलोजिस्टलगायत संलग्न चिकित्सक टोलीले निगरानी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .