तिमी जस्तै न्यानो
तिमी जस्तै शीतल
६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंशलाई दर्शकले निकै मन पराए। दर्शकहरु गायक सुजन चापागाईंको स्वर र संगीतबद्ध पूर्ण गीतको पर्खाइमा थिए।
आर्टमान्डूले यसै टाइटल गीतको पूरा अंश सार्वजनिक भएको छ। ‘फूल’ शीर्षक राखिएको गीतका शब्दहरु हर्क साउदका शब्दले लेखेका हुन्।
गीतको भिडिओलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। जसमा फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ।
भिडिओमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ।
तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन्।
‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो। केहीदिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो।
यस फिल्ममा विपीन र मिरुनासहित माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका अभिनय छ।
फिल्म कथा चौहानले नै लेखेका छन्। अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्ने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन्।
फिल्ममा गायक सुजन चापागाईं र कम्पोजर कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ।
पाँचथरमा छायाङ्कन गरिने फिल्म वैशाखबाट फ्लोरमा जानेछ। आर्टमान्डूका अनुसार फिल्म असोज/कात्तिकतिर प्रदर्शन गर्ने योजना छ।
भिडिओ
Shares

प्रतिक्रिया