हलिउड अभिनेता ६१ वर्षीय टम क्रुज यतिबेला प्रेमका कारण चर्चामा छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी आफूभन्दा २५ वर्ष कान्छी रुसी मोडलको प्रेममा परेका हुन्।
डेलीमेलका अनुसार टम क्रुज हाल ३६ वर्षीया एल्सिना खैरोवासँग डेटिङ गरिरहेका छन्। यस क्रममा उनीहरू खैरोवाको लन्डन फ्ल्याटमा सँगै देखिएको छ।
उनीहरूलाई हालै लन्डनको राफल होटलमा आयोजना गरिएको एयर एम्बुलेन्स च्यारिटी समारोहमा पनि उनीहरू सँगै देखिएको समाचारमा उल्लेख छ।
यसैगरी यी दुई डिनर डेटका लागि हाइड पार्कमा समेत देखिएको डेलीमेलले जनाएको छ।
हलिउड अभिनेता क्रुजले यसअघि मिमी रोजर्स, निकोल किडम्यान र केटी होमेजसँग विवाह गरेका थिए।
खैरोवा पनि डिभोर्सी महिला हुन्। उनले २०२२ मा दिमित्री सेकतोवसँग डिभोर्स गरेकी थिइन्।
207
Shares

प्रतिक्रिया