ad ad

कला


दया र मिरुनाको ‘घर ज्वाइँ’को छायांकन सुरु

दया र मिरुनाको ‘घर ज्वाइँ’को छायांकन सुरु

नेपालखबर
फागुन ६, २०८० आइतबार १३:५६, काठमाडौँ

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्म ‘घर ज्वाइँ’को छायांकन सुरु भएको छ। 

फिल्म निर्माण टिमले पूर्वी रुकुमको लुगमबाट फिल्मको छायांकन सुरु गरेको हो। शनिबार दया र मिरुनाले फिल्म खिच्ने क्यामराको पूजा गरेसँगै फिल्मको छायांकन सुरु गरिएको छ। 

मगर संस्कृतिमा आधारित हुने फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा छायांकन गर्ने तयारी छ। करिब ३५ दिनको सेड्युल राखिएको छ।

अनिल बुढामगर निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खडुगबहादुर पुन (खबपु), सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायत कलाकारको अभिनय रहनेछ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगरले लेखेका हुन्। पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन्। 

फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने छ। फिल्मलाई  अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको वितरण अधिकार आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले  लिइसकेका छन्।

छायांकनमा जानु अघिनै फिल्मले प्रदर्शन मिति तय गरेको छ। यो फिल्म असार २८ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .