कला


म निर्देशक हुँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठाउँदै छन् : लक्ष्मी बर्देवा

म निर्देशक हुँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठाउँदै छन् : लक्ष्मी बर्देवा

नेपालखबर
फागुन १४, २०८० सोमबार १२:५४, काठमाडौँ

तामाङ भाषाको शब्द नाङ्सालको नेपाली अर्थ हो- बत्ती। पछिल्लो समय नेपाली सिने र रंगमञ्चमा युवा कलाकारको उपस्थिति बढ्दै गइरहेको छ।
 
कलाको उज्यालोमा होमिन आएकी लक्ष्मी बर्देवा र बिजय बरालले कलाकारिताको सम्भाव्यतामाथि बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन नाङ्साल सेसनमा आफ्नो यात्रालाई सम्झे। 

सहजकर्ता केदार श्रेष्ठले कलाकारिता र समाजको समृद्धिको चाहनाको अन्तर र सामिप्यता, कलाकारको जीवनयापन र वर्तमान कला परिवेशको बारेमा प्रश्नहरु सोधेका थिए। 

दुवै कलाकारले कला क्षेत्र उज्यालो भएरै युवा अकर्षण बढेकोमा सहमती जनाए। तर यो क्षेत्रमा आउन अध्ययन र पर्याप्त तयारीको आवश्यकता रहेको उनको भनाइ छ। 

बर्देवाले भनिन्, ‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्येक्ष प्रभाव पार्छ। जतिजति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समयअनुसार परिमार्जन भइरहेको हुन्छ। समाजको समृद्धिलाई कला–साहित्यले नै टेवा दिने हो।’  

बरालले पनि लक्ष्मीको धारणामा सहमती जनाएँ। उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ। समाजमा भौतिक उन्नतीसँगै कलाकारिताको उपयोगितालाई पनि कम आकलन गर्न सकिन्न।’

सिनेमा र रंगमञ्चको प्राविधिक पक्ष फरक भए पनि अभिनयमा भने समानता हुने विजयले बताए।

लक्ष्मीले भने महिला कलाकारले अभिनय गर्दा खासै विभेद सहनु नपरे पनि निर्देशकको भूमिकामा आउँदा भने चलचित्र उद्योगभित्रैका व्यक्तिलाई स्वीकार्न गाह्रो भइरहेको बताइन्। 

उनी भन्छिन्, ‘मैले कलाकार भएर मात्र आउँदा त्यस्तो ठूलो अन्तर हुने रहेनछ। निर्देशक भएर आउँदा महिलाको बुद्धिमाथि नै प्रश्न उठ्ने रहेछ। महिलाको दिमाग यसरी चल्दैन भन्ने हिसाबमा चलचित्र क्षेत्र भित्रकै व्यक्तिहरूले औंला उठाए।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad