कला


‘मोदीबेनी’ मा स्क्रिन सेयर गर्न उत्साहित वर्षा र अमर, जम्ला त केमेस्ट्री?

‘मोदीबेनी’ मा स्क्रिन सेयर गर्न उत्साहित वर्षा र अमर, जम्ला त केमेस्ट्री?

नेपालखबर
फागुन १४, २०८० सोमबार १३:४२, काठमाडौँ

वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ फिल्म 'मोदीबेनी' को मुख्य भूमिकामा देखिँदैछन्।

निर्माणटिम दोस्रो सेड्युलको छायाङ्कनको लागि फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन्। झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा देखिन लागेकी हुन्।

यस चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको वर्षाले सुनाइन। छायाङ्कनमा नव अभिनेतासँग जोडिन लागेकी वर्षाले अमरमा एक कलाकारमा हुनुपर्ने सबै गुण देखेको बताइन्।

'कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु। एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु,’ वर्षाले भनिन्।

अमरको पहिलो चलचित्र भएता पनि यसको कार्यशालामा बोण्डिङ भइसकेको बताउँदै उनले छायाङ्कनको समयमा नयाँजस्तो महसुस नहुने उनको विश्वास छ। अमरले पनि आफ्नो मनपर्ने अभिनेत्री नै को एक्टर बन्दा खुसी लागेको बताए।

उनी भन्छन्, 'वर्षा जी मलाई एकदमै मन पर्ने अभिनेत्री हुनुहुन्छ। आफ्नो फेवरेटसँगको कामबाट डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो। उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो। वर्षा र मेरो अन-स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ।'

उत्साहका साथै आफूलाई डर पनि लागिरहेको अमरको भनाइ छ।

'सँगै थोरै डर पनि लागिरहेको छ। यस चलचित्रका सबै कलाकारहरू प्रोफेसनल हुनुहुन्छ। उहाँहरूसँग काम गर्न पाउँदाको खुसी त छँदै छ, मैले अभिनय गर्ने पात्रबाट निर्देशकको सोचलाई पुरा गर्ने चुनौती रहेको छ। कहीँ कतै कमजोरी नहोस् भनेर चलचित्रको सबै कार्यशाला र तालिममा सहभागी भएको छु।’

करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यस फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ।

शङ्कर कोइरालाले निर्देशनमा बन्ने फिल्ममा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad