समाज


अनलाइन फुड डेलिभरी गर्नेहरूलाई कुटपिट, डान्सबारका सञ्चालक पक्राउ

अनलाइन फुड डेलिभरी गर्नेहरूलाई कुटपिट, डान्सबारका सञ्चालक पक्राउ

नेपालखबर
फागुन १४, २०८० सोमबार १३:४७, काठमाडौँ

रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिलाई लुटपाट गरेको अभियोगमा डान्सबारका सञ्चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले रक डान्सबारका सञ्चालक काभ्रेको चौरी देउराली गाउँपालिका-९ का २९ वर्षीय यानकुमार लामा र दोलखाको मेलुङ गाउँपालिका-४ का २९ वर्षीय मधुकर गोलेलाई पक्राउ गरेको हो। 

उनीहरूले अनलाइनमार्फत अर्डर लिइएका खानेकुरा लैजाने क्रममा डर, धाक धम्की देखाउँदै लुटपाट र कुटपिट गरेको प्रहरीले जनाएको छ।

यही आइतबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad