कला


यामी गौतम अभिनीत 'आर्टिकल ३७०' ले कति कमायो?

यामी गौतम अभिनीत 'आर्टिकल ३७०' ले कति कमायो?

नेपालखबर
फागुन २१, २०८० सोमबार १३:२३, काठमाडौँ

यामी गौतम स्टारर भारतीय फिल्म 'आर्टिकल ३७०' ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ।

यस फिल्मले प्रदर्शनको १० औँ दिनमा घरेलु बक्सअफिसमा ५० करोड भारतीय रुपैयाँ कमाएको हो। 

२३ फ्रेबुअरीमा रिलिज भएको यस फिल्मले पहिलो दिन ५ करोड ९० लाख भारुको ओपनिङ गरेको थियो। दोस्रो दिन ७ करोड ४० लाख कमाउँदा तेस्रो दिन ९ करोड ६० करोड भारु कलेक्सन गरेको थियो।

त्यसपछिका दिनमा दैनिक ३ करोड आसपास कमाई हुँदा नवौं र दशौं दिनमा व्यापारमा वृद्धि भएको छ। 

शनिबार साढे ५ करोड भारुको व्यापार हुँदा आइतबार साढे ६ लाख कमाई भएको छ। विश्वभर व्यापारमा कमी आउँदा भारतमा भने तेस्रो सातामा समेत राम्रो व्यापार भइरहेको छ। भारतसहित विश्वभरिबाट यस फिल्मले ५८.५ करोड भारुको व्यापार गरेको छ। 

आदित्य धर निर्देशनमा बनेको यस फिल्ममा यामी एक स्थानीय जासुसको भूमिकामा देखिएकी छिन्।

यस फिल्मको कथा जम्मु कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने फिल्ममा नरेन्द्र मोदी सरकारको निर्णयमा आधारित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .