कला


जन्मदिनमा प्रदीपको ‘पुजार सार्की’ को लुक सार्वजनिक

जन्मदिनमा प्रदीपको ‘पुजार सार्की’ को लुक सार्वजनिक

नेपालखबर
फागुन २७, २०८० आइतबार ११:४८, काठमाडौँ

जन्मदिनमा प्रदीपको 'पुजार सार्की’ को लुक सार्वजनिक आज अभिनेता प्रदीप खड्काको जन्मदिन। हाल प्रदीपसहित आर्यन सिग्देल र पल शाह 'पूजार सार्की' को छायाङ्कनमा व्यस्त छन्।

यसैबीच, निर्माणटिमले प्रदीपको जन्मदिनको अवसरमा पूजार सार्कीमा उनले निर्वाह गरिरहेको चरित्रको लुक सार्वजनिक गरेको छ। निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा तस्विर सार्वजनिक गरेका छन्।

लामो कपाल, कालो टोपी पछाडि ढल्काएर लगाएका प्रदीप ‘दमाहा’ बजाउँदै गरेको फोटोमा देखिएका छन्। यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको निर्देशक राउतले बताएका छन्।

तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन्। यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। विकास सुवेदीले लेखन रहेको यस फिल्मको छायाङ्कन कास्की जिल्लाको कास्कीकोटमा चलिरहेको छ।

यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा छन्। फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ।

यसअघि विकास र दिनेशले चलचित्र 'प्रकाश' मा सहकार्य गरेका थिए। यस चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .