आज शुक्रबार नेपाली सिनेमाहलमा एक स्वदेशी र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपालीतर्फ नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ रिलिज हुँदा बलिउड फिल्म ‘श्रीकान्त’ हलमा लागेको हो।
‘खजुरे ब्रो’ सुरज सुनुवारको लेखन र निर्देशनमा बनेको हो। यस फिल्ममा नीतिसहित रेयर राई, महेश, नीतिसहित नविन मानन्धर, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको अभिनय छ। फिल्ममा धरानका मेयर हर्क साम्पाङ अतिथि कलाकारको भूमिकामा देखिएका छन्।
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्ममा सुरजसहित नवीन मानन्धरको लगानी छ। सिनेमाले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ।
त्यसैगरि, बलिउड फिल्म ‘श्रीकान्त’ मा राजकुमार राव, ज्योतिका मुख्य भूमिकामा छन्। तुषार हिरानन्दिनी निर्देशित ‘श्रीकान्त’ बायोपिक फिल्म हो। यो फिल्म दृष्टिविहिन उद्योगपती तथा बोलन्द इडस्ट्रीजका संस्थापक श्रीकान्तको जीवनमा आधारित छ।
Shares
प्रतिक्रिया