केकी अधिकारीको फिल्म 'बोक्सीको घर'को पहिलो गीत सार्वजनिक भएको छ।
'जिन्दगी' बोलको गीतमा स्वीअरिती र निहारिकाको स्वर छ।
सुलक्षण भारतीको शब्द रहेको गीतमा मोनिस निरौलाले संगीत भरेका हुन्।
'जिन्दगीको कथा, यता न उता, बगिजाने कहाँ होला' गीतका शब्द निकै मन छुने छन्।
गीतको भिडिओमा मुख्य कलाकारद्वय केकी र सुलक्षणनै फिचर्ड छन्।
केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ मा आधारित हो।
नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्।
फिल्ममा केकी र सुलक्षणसहित स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ।
केकी स्वयम् निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्।
सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन्।
यो फिल्म आगामी वैशाख १४ गते रिलिज हुँदै छ।
भिडिओ-
Shares
प्रतिक्रिया