कला


नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित 'ध्ये ड्रीम्स्' उत्कृष्ट घोषित

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा शान्ता नेपाली निर्देशित 'ध्ये ड्रीम्स्' उत्कृष्ट घोषित

नेपालखबर
चैत १०, २०८० शनिबार १८:२१, काठमाडौँ

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणमा लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित 'ध्ये ड्रीम्स्'लाई उत्कृष्ट घोषित भएको छ।

त्यस्तै, स्वयम् मास्के मानन्धरले निर्देशन रहेको लघु चलचित्र 'द बु, द बाऊ, द काफ' लाई स्पेशल मेन्सन गरिएको छ। आज साँझ भएको समापन समारोहमा डेलिगेशनकी उपराजदूत डा जोएल इभोनेट्ले ती चलचत्रकर्मीहरुलाई प्रदान गरेकी हुन्।

विजेता चलचत्रिकर्मीहरुलाई यसै वषै ब्रसेल्स्मा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागीसमेत गराइनेछ। फेस्टिभलमा आधिकारिक छनौट गरिएका तथा प्रर्दशन गरिएका बाँकी ९ लघु नेपाली चलचित्रलाई पनि सर्टिफिकेट प्रदान गरिएको थियो।

ती लघुचलचित्रहरुमा गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित फेरा रहेको छ।

खुला विज्ञापनमार्फत आव्हान गरिएको यस प्रतियोगितामा ५२ वटा लघु चलचित्र सब्मिट गरिएका थियो। यही चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो। फेस्टिभलमा ९ युरोपेली चलचित्र तथा प्रतिस्पर्धामार्फत छानिएका ११ लघु चलचित्र देखाइएको थियो। यो फेस्टिभल यसै चैत्र २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ।

यसैगरी, महोत्सव लुम्बिनीप्रदेशको नेपालगञ्जमा २०८१ वैशाख ३ गते (अप्रिल १५) हुनेछ। त्यस्तै कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा २०८१ वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .