आज फागुपूर्णिमा। रङको पर्व होलीमा सबै जना रमाइरहेका छन्। सबै क्षेत्रका व्यक्तिहरूलाई होलीको रङले छोएको छ। नेपाली कलाक्षेत्रलाई त होलीले नछुने कुरै भएन। कलाकारहरूले पनि आइतबार एकआपसमा रङ लगाउँदै होली मनाएका छन्।
कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसँग होली मनाएका छन्। उनले परिवारसँग रमाइलो गर्दै होली मनाइरहेको तस्बिर फेसबुकमा सेयर गरेका छन्। अभिनेत्री तथा निर्देशक झरना थापाले पनि श्रीमान सुनिलकुमार थापासँग होली मनाएको फोटो फेसबुकमा राखेकी छिन्।
अभिनेत्री केकी अधिकारीले पनि होली मनाएकी छिन्। उनले काठमाडौंमा एक होटलमा आफ्नो निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ प्रचारप्रसार विशेष कार्यक्रममा रङ साटासाट गरेकी हुन्।
एक्सन अभिनेता विराज भट्टले पनि होली मनाएका छन्। उनले आफ्नो परिवारसँग होली मनाएको फोटो फेसबुकमा राखेका छन्।
अभिनेत्री पूजा शर्माले पनि होली मनाएकी छिन्। उनले आफ्नो लगानीमा खुलेको ‘ट्याग रेस्टुरेन्ट’मा प्रेमी युद्ध बानियाँसहित नजिकका साथीहरुसँग होली मनाएको भिडिओ फेसबुकमा सेयर गरेकी छन्।
त्यसैगरी, गायक गायिकाद्वय प्रमोद खरेल र शान्ति श्री परियारले पनि परिवारसँग होली मनाएका छन्। त्यसैगरि, हास्यकलाकार रियल जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पनि होलीको फोटो फेसबुकमा सेयर गरेका छन्।
Shares
प्रतिक्रिया