कला


भारतको फिल्म महोत्सवमा नेपालको सर्टफिल्म ‘पाउलो’ छनोट

भारतको फिल्म महोत्सवमा नेपालको सर्टफिल्म ‘पाउलो’ छनोट

नेपालखबर
चैत २३, २०८० शुक्रबार १२:५, काठमाडौँ

नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस् इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिबल (आईसीएफसी) मा छनोट भएको छ। यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुँदैछ ।

जुत्ताको कथावस्तु रहेको यस सर्ट फिल्ममा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाको अभिनय छ।

काठमाडौँमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन्। नारायण जिसीले खिँचेको फिल्मको सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलो मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको हो।

उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर प्रदर्शनसमेत भईसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .