कला


बद्री पंगेनी र चन्दाको ‘पिरिम लगाम कान्छी’मा नाचे पल र उषा (भिडिओ)

बद्री पंगेनी र चन्दाको ‘पिरिम लगाम कान्छी’मा नाचे पल र उषा (भिडिओ)

नेपालखबर
चैत २३, २०८० शुक्रबार १८:५५, काठमाडौँ

चर्चित गायक बद्री पंगेनी र गायिका चन्दा अर्यालको नयाँ नेपाली लोकगीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ।

गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको छ। सुदीप सागरले एरेन्ज गरेको गीतमा गायक प्रदीप त्रिपाठी, श्रीकृष्ण बम मल्ल, बन्दना पाण्डे र अनु रोक्का मगरको कोरस छ। 

बद्री पंगेनी युट्युब च्यानलमार्फत् यो गीत सार्वजनिक भएको हो। गीतको म्युजिक भिडिओमा एकजना युवाले युवतीलाई प्रेम प्रस्तावसहित अनुरोध गरेका शब्दहरू छन्।

अर्याल र पंगेनीले यसअघि ल्याएको ‘खान्न म त पिँडालु कोक्यायो’ बोलको गीत पनि चर्चित भएको थियो। 

नयाँ गीतको म्युजिक भिडिओमा पल शाह, उषा उप्रेती र सामिया कार्कीले अभिनय गरेका छन्। भिडिओ काजिश श्रेष्ठको निर्देशन कोरियोग्राफीमा बनेको हो। जसको सम्पादन मनोज कार्कीले गरेका हुन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .