कला


उपरथी डा‍. तामाङको गीत ‘ओई सोल्टिनी’ सार्वजनिक

उपरथी डा‍. तामाङको गीत ‘ओई सोल्टिनी’ सार्वजनिक

नेपालखबर
चैत २५, २०८० आइतबार ७:६, काठमाडौँ

गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडिओ ‘ओई सोल्टिनी’ सार्वजनिक भएको छ। 

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडिओको निर्देशन अनिश क्षेत्रीले गरेका हुन्।

अयुमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडिओ युट्युबमार्फत केही समयअघि सार्वजनिक गरिएको हो।

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताए।

अस्ट्रेलियामा अध्ययनरत अयुमी हजुरआमा धनमाया तामाङको बिँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडिओका लागि काठमाडौँ आएका थिए। 

उनी अस्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँछन्।

अयुमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षणसम्बन्धी गीत लेखनमा स्थापित छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .