कला


मनिषा कोइरालाको मुख्य भूमिका रहेको ‘हीरामण्डी’ को ट्रेलरमा यौनकर्मीको कथा

मनिषा कोइरालाको मुख्य भूमिका रहेको ‘हीरामण्डी’ को ट्रेलरमा यौनकर्मीको कथा

नेपालखबर
चैत २८, २०८० बुधबार १२:१५, काठमाडौँ

सञ्जय लिला भन्सारी निर्देशित वेब सिरिज ‘हीरामण्डी’ को ट्रेलर सार्वजनिक भएको छ। नेटफ्लिक्स वेब सिरिजको ट्रेलर पाकिस्तानको लाहौरस्थित हिरामण्डीका यौनकर्मी महिलाको जीवन शैली र संघर्ष वरिपरि घुमेको छ।

ट्रेलरमा मुख्य अभिनेत्री मनिषा कोइरालालगायतका मुख्य कलाकाहरु अटाएका छन्। यस फिल्ममा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ।

सञ्जय लीला भन्सालीले यस वेब सिरिजमा हीरामन्डी नामक ठाउँमा बस्ने यौनकर्मीहरुको कथालाई समेटेका छन्। यो वेब सिरिज प्रेम, शक्ति र स्वतन्त्रता बीचको लडाइँसमेत हो।

सिरिजका लागि सबै अभिनेत्रीले आफ्नो भूमिकामा आउन सक्ने गरी नृत्य तालिम लिएका छन्। यो फिल्म आगामी मे १ बाट नेटफ्लिक्समा स्ट्रिमिङ हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .