सांगीतिक ब्यान्ड ‘पूर्ण राई एन्ड दाजुभाइहरु’ ले आगामी शनिबार प्रस्तुति दिने भएको छ। यस ब्यान्डले जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने तय भएको हो।
पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली दर्शकमाझ सुनाउनेछन्।
सृष्टि श्रेष्ठको व्यवस्थापकीय ब्यान्डमा पुर्ण राई भोकलिष्ट, देगोसकुमार राई ब्यासिस्ट, सुमेक योन्जन ड्रमर, सुसन कार्की गितारिष्ट र इयान थुलुङ राई फ्लुट छन्।
देगोस, सुमेक र पूर्ण धरानका हुन् भने सुसन उर्लाबारी र इयान काठमाडौंका हुन्। ब्यान्डले नेपाल र भारतका ५० बढी स्थानमा आफ्नो सोलो शो गरिसकेका छन्। यो ब्यान्डले चाँडै अष्ट्रेलिया टुर पनि गर्दैछ ।
ब्यान्डले हालैमात्र ‘परिभाषा’ बोलको गीत सार्वजनिक गरेको थियो। जुन गीतलाई दर्शकहरूले मन पराएका थिए।
पोखरामा ब्यान्डको लाइभ प्रस्तुती हुनु लन्ज र पोखराका लागि नयाँ स्वाद हुने किङ्स लन्ज पोखराका प्रबन्ध निर्देशक ध्रुव केसीले बताए।
Shares

प्रतिक्रिया