अभिनेत्री शिल्पा मास्केको अभिनय रहेको नयाँ म्युजिक भिडिओ आएको छ। रोशन लामाको स्वरमा ‘नक्कले’ बोलको गीतको सार्वजनिक भएको हो।
भिडिओमा शिल्पासहित गायक रोशन फिचर्ड छन्।
पनौतीमा सुटिङ गरिएको भिडिओमा नेवारी परिवेश झल्काउने सहर पनौती, नेवारी संस्कृति झल्काउने पहिरन, खानेकुरा देख्न पाइन्छ।
रमाइलो शैलीको यो रोमान्टिक गीतको भिडिओमा शिल्पालगायत अन्य कलाकार नेवारी पहिरन हाकुपटाससीमा सजिएर नाचेका छन्।
भूगोल दहालको संगीत र गोपाल रसाइलीको संगीत संयोजनमा बनेको नक्कलेमा नेवारी बाजागाजा पनि प्रयोग भएका छन्।
सबिन भट्टराई र भूगोल दहालले गीतको शब्द कोरेका हुन्।
मिडिया पोर्टको निर्माणमा तयार भिडिओलाई अभिषेक सुवेदीले निर्देशन गरेका हुन्।
चिन्तनराज भण्डारीको खिँचेको भिडिओमा कोरियोग्राफी किरण थापाले गरेका हुन्।
सम्पादन र रंगमा मञ्जित लामाले काम गरेको भिडिओमा कस्ट्युम डिजाइन सुजनरत्न परियारले गरेका छन्।
Shares
प्रतिक्रिया