ad ad

कला


चर्चित कथावाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

चर्चित कथावाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

नेपालखबर
जेठ ६, २०८१ आइतबार १२:५, काठमाडौँ

चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडिओ नोभेल ‘अधुरो प्रेम’को फिल्म बन्ने भएको छ। शनिबार काठमाडौँमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृंखलामा साइग्रेसले फिल्म बनाउने घोषणा गरेका हुन्।

फिल्म घोषणासहित थिम पोस्टर पनि सार्वजनिक गरिएको छ।

फिल्मको टाइटल पनि अडिओ नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ।

यस चलचित्रलाई शिशिर खातीले निर्देशन गर्नेछन्।

यसअघि रंगेली बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ। फिल्मको कार्यकारी निर्मातामा अर्जुन सुवेदी छन्।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअगाडि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडिओ हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिएको छ।

आफ्नो कथामा चलचित्र बन्न लागेकामा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिक रहेको बताए।

‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो चलचित्र बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो,’ उनले भने।

निर्देशक शिशिरले फिल्म बनाउने कुरा गर्दा निकै डर लागेको उनको भनाइ छ।

उनले भने,‘मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ। उहाँले हुँदैन भन्दै मलाई त्यही कथा चाहिन्छ। मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो। मलाई अझै पनि डर थियो, मैले पाँचपटकको भेटपछि मात्र कथा दिएँ। अब तपाईँको प्रेमले सफल हुनेछ।’

पहिलोपटक चलचित्र निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यानमध्ये एक रहेको बताए। सात/आठ महिनादेखिको प्रयास बल्ल सम्भव भएको उनले सुनाए।

कलाकार र निर्माण टिमको भने टुंगो लाग्न सकेको छैन। उक्त फिल्म आगामी वर्ष २०८२ मा रिलिज गर्ने निर्माण टिमको लक्ष्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .