थापागाउँस्थित मण्डला थिएटरमा मंगलबारदेखि नाटक ‘आधा अदालत’को मञ्चन सुरु भएको छ।
‘एउटा रिसाएको अदालत जहाँ फैसला हुन बाँकी छ’ थिम रहेको नाटक जेठ १२ गतेसम्म चल्नेछ।
यो नाटक भारतीय लेखक बशु चटर्जीको ‘रुका हुवा एक फैसला’ को नेपाली अनुवाद गरी तयार पारिएको हो। यसलाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गरेका हुन्।
एक छोरालाई बुवाको हत्या गरेको आरोप लाग्छ। ती साढे १७ वर्षे नाबालक दोषी कि निर्दोष भन्ने बहस वरिपरि नाटक घुम्छ। १२ जना जजहरूको वैचारिक छलफललाई नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ।
रंगकर्मी तथा निर्देशक सोमनाथ खनालले तयार पारेको नाटकमा मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचका विद्यार्थीहरूको अभिनय छ। यो नाटक हरेक बेलुका ४ बजे मण्डला थिएटरको सानो हलमा मञ्चन हुनेछ।
‘आधा अदालत’ मा उमेश तामाङको प्रकाश संयोजन र अग्नि विश्वकर्माको ध्वनि संयोजन छ।
नाटकमा आरती गौतम, विशाल कुमार केसी, एक्शा मादेन, गणेश प्रसाद पौडेल, लक्ष्मी पौडेल, मिलनबहादुर खड्का, मुना साह सोनार, पिंकी बोहरा, शस्मिल पुन मगर, सुमित्रा बोगटी, तीर्थराज विश्वकर्मा र तुलसी दर्जीको अभिनय छ।
Shares
प्रतिक्रिया