बलिउड जोडी कट्रिना कैफ र विक्की कौशल आमाबुबा बन्न लागेको खबर बाहिरिएको छ। लन्डनको सडकमा हिडेको भिडिओ सार्वजनिक भएसँगै कट्रिना गर्भवती भएको चर्चा चलेको हो।
मंगलबार कट्रिना र विक्की लन्डनको सडकमा सँगै हिँडेको नयाँ भिडियो इन्टरनेटमा देखा परेको छ।
कट्रिनाले ओभरसाइज कोट लगाएर हिँडेको भिडिओमा देख्न सकिन्छ। उक्त भिडिओ सार्वजनिक भएपछि कट्रिनाको गर्भावस्थाबारे सामाजिक प्रयोगकर्ताले अनुमान लगाएका हुन्।
दुवै छुट्टी मनाउन लन्डन पुगेका हुन्। विक्कीको हात समातेर हिँडिरहेकी कट्रिनाको बेबी बम्प पनि भिडिओमा देखिन्छ।
यसैबीच, जुमको एक रिपोर्टले कट्रिना वास्तवमै गर्भवती भएको दाबी गरेको छ। र, दुवैले पहिलो सन्तानलाई लन्डनमै स्वागत गर्न लागेको पनि भारतीय मिडियाले उल्लेख गरेका छन्।
कट्रिना स्वयम् पनि बेलायती नागरिक हुन्। तर, कट्रिना र विक्कीले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।
Shares
प्रतिक्रिया